Kath khabar
नेप्सेमा दोहोरो अंंकले गिरावट


                काठमाडौं, जेठ १४ । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ९० अंकले घटेर तीन सय ६९ दशमलव ४२ अंकमा सिमित भएको छ । नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ४७ हजार छ सय ७४ पटकको कारोबारमा ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष समुहहरूको सूचक सामान्य अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये युनिलिभर नेपाल लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन ऊर्जा विकास कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सन लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update