Kath khabar
महिला टी-२० मा नेपाल मलेसियासँग पराजित महिला


                 काठमाडौं, जेठ १५ । नेपाल महिला टि २० आई पहिलो खेलमा नेपाली महिला क्रिकेट टोली मलेसियाको महिला क्रिकेट टोलीसँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाले  नेपाललाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ । नेपाली टोली पहिलो पटक मलेसियासँग पराजित भएको हो। नेपालले दिएको सानो लक्ष्य घरेलु टिम मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

असाध्यै खराब ब्याटिङ गरेको नेपालका जम्मा दुई ब्याटरले मात्र दोहोरो अंकको स्कोर गरे। सोनु खड्काले १३ र ज्योति पाण्डेले ११ रन बनाइन्। कप्तान रुविना क्षेत्री दुई रनमा सीमित भइन् भने सीता राना मगर, कविता कुवँर, काजल श्रेष्ठ र इन्दु बर्मा जस्ता भरपर्दा ब्याटरले पनि बिर्सनलायकको ब्याटिङ गरे। मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले १३ रन बनाए।

नेपालको तर्फबाट डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । नेपालले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि ५० रनमै अल आउट भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update