Kath khabar
आगामी आर्थिक वर्षको बजेट : बजेटको प्राथमिकता कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार विकास


                  काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकताको सूचीमा राखेको बताएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दे बजेटको प्रमुख प्राथमिकताको क्षेत्र कृषि, ऊर्जा र पयर्टन भएको बताएका हुन् । अर्थमन्त्री डा. महतले संघीय संसद समक्ष आगामी आर्थिक वर्षको लागि बजेट भाषण गर्दे सो कुरा बताएका हुन् ।

सो क्रममा अर्थमन्त्री डा. महतले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बताएका छन । बजेटले चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरेको छ भने एक खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरेको बजेटले चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा दुई दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान बजेटले गरेको छ । बजेटले औद्योगिक विकास, वातावरण संरक्षण, वित्तीय क्षेत्र सुधारलाई पनि प्राथामिकताको राखेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update