Kath khabar
कस्तो रह्यो बजेट घोषणापछिको पहिलो दिनको कारोबार



                   काठमाडौं, जेठ १६ । बजेट घोषणापछिको पहिलो दिन नेप्सेको कारोबार घटेर रातै भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषण गरेपछिको आज पहिलो दिन नेप्से ५३ दशमलव १६ अंकले घटेर १८ सय ८८ दशमलव ६१ अंकमा सिमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि आठ दशमलव ७२ अंकले घटेर तीन सय ६० दशमलव ७१ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ४० हजार छ सय ३४ पटकको कारोबारमा ७० लाख ७४ हजार दुई सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । उक्त खरिद बिक्रीका आधारमा कारोबार रकम दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार आठ सय ४४ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ सहितका सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड आदिको शेयर मूल्य बढेका छन् भने स्वेत गंंगा हाईड्रो पावर कम्पनी, आर्दश लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, चिलिमे हाईड्रो पावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update