Kath khabar
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै

 

                    काठमाडौं, जेठ १७ । आज निर्जला एकादशी व्रत । आज जो निर्जला एकादशीको सूर्योदयदेखि द्वादशी तिथिको सूर्योदयसम्म पानी नपिई यो व्रत राख्न सफल हुन्छ, उसलाई वर्षभरका सबै एकादशी व्रतको पुण्य बराबर फल मिल्छ भन्ने वेदव्यासले बताउनुभएको छ ।

साथै आजवैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update