Kath khabar
विश्वकप छनोटको अन्तिम तयारीका लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

 

                काठमाडौं, जेठ १७ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने भने मुद्धा लम्बिएपछि तत्काल दक्षिण अफ्रिका जान बञ्चित भएका छन् ।  उनलाई विश्वकप छनोट अभ्यास खेलमा सहभागी नगराउने लिगल टिमले निर्णय गरेको हो ।

जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता छ । दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाट नै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update