Kath khabar
नेप्सेमा भीषण पहिरो, सूचक घटेपनि कारोबार रकम बढ्यो



                       काठमाडौं, जेठ १७ । नेप्सेमा भीषण पहिरो गएको छ । अघिल्लो दिन ५३ अंकले घटेको नेप्से आज बुधबार पनि ३८ दशमलव ८३ अंकले घटेर १८ सय ४९ दशमलव ७९ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि सात दशमलव २८ अंकले घटेर तीन सय ५३ दशमलव ४३ अङ्कमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ६२ वटा कम्पनीहरूको ३६ हजार आठ सय ९३ पटकको कारोबारमा ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत,  जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिलिभर नेपाल लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update