Kath khabar
निकिता पौडेलको नारी टेलिभिजन एचडी सुरु



                        काठमाडौं, असार २० । नेपालको पहिलो टिभी च्यानल नारी टेलिभिजन एचडी सुरु भएको छ । बुधबारबाट नारीहरुको नसुनिएको कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरुको भूमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभीले आफ्नो मुख्य उद्देश्य राखेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख ३४ हजार ९०० जनसंख्या रहेको सुदूरपश्चिमको बाजुरामा उद्घाटन समारोहका बीच त्यहाँ रहनु भएका १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यानसँगै ३ महिनाका लागि प्रोटिन डाईट औषधिसँगै १०० जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु वितरण समेत गरिएको छ ।

उद्घाटन समारोहमा उपस्थित हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृह मन्त्री रबी लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभीले फरक उद्देश्य र महत्व राख्ने सुनाए । उनले अगाडि थपे “यो टेलिभिजनको संचालक मेरी श्रीमती हुनुहुन्छ, निकिता पौडेल । उहाँ मिडिया सम्बन्धी अध्ययन विदेशमा गरी १४ बर्ष अघिदेखि नेपाली फिल्म क्षेत्रको श्रीवृद्धिमा समर्पित टेलिभिजन च्यानल टिभी फिल्म संचालन गरी रहनु भएको थियो । र अब महिलाहरुको आवाज बोल्नु पर्छ, समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन संचालनमा ल्याउनु भएको छ । समस्त नारीहरुको आवाज बन्न सकोस् शुभकामना छ ।”

टेलिभिजनले प्रशारण प्रारम्भ गरेसँगै माईती घर र आजको नारी नामक कार्यक्रम प्रशारण थालनी गरेको छ भने नारी समाचार पनि प्रशारणमा आएको छ । विशेषता महिलाहरुका हकहित, अधिकारका निमित्त नारी टिभी सदैव क्रियाशील रहने अध्यक्ष निकिता पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले भिटि फिल्मीले प्राप्त गरेको दर्शकहरुको मायालाई आत्मसाथ गर्दै नारीहरुको आवाजका रुपमा पहिलो महिला सम्बन्धी टेलिभिजन प्रशारणमा ल्याउन पाउनु आफ्नो भाग्य ठानेको सुनाउँनु भयो ।

नारी टेलिभिजनमा यसका विषय वस्तु मात्र हैनन् यहाँ कार्यरतहरु सम्पूर्ण महिलाहरु नै हुनुहुन्छ । जसले गर्दा नारी टिभी सम्पूर्ण महिलाहरु प्रति समर्पित रहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update