Kath khabar
१ सातासम्म देशभरका सरकारी खाता रोक्का

 

               काठमाडौं, असार २५ ।  देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखानियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो।

महालेखाको यही असार १० गते जारी सूचना अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए। उनका अनुसार गएराति देखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन। प्रदेश र स्थानीय तहको प्रणालीबाट १ सातासम्म नयाँ रकम भुक्तानी हुनेछैन। 

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन्। तर, कानुन अनुसार सोमबारबाट नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताए।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा १ साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update