Kath khabar
४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम

 

               काठमाडौं, साउन २ ।  नेकपा एमाले रामेछाप जिल्ला मन्थली काठमाडौं सम्पर्क मन्च द्वारा ४५ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर यहि श्रावण ६ गते शनिबारको दिन बिहान १० बजे देखि २ बजे सम्म क्वालिटी व्यानक्वयेट बुद्द्नगर मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम संगठन सुधार ,जनसम्पर्क र शुदृढीकरण सामाजिक शुब्यवस्थाका खातिर सम्पर्क मन्चले आयोजना गर्न लागिएको हो।  यसमा जो कोहि इच्छुक क्यान्डिडेटले दान गर्न सक्नुहुने साथै सरिक भै महादान गर्न सबै लाई आग्रह गरिएको रामेछाप जिल्ला मन्थलि नगर सम्पर्क मन्चका सचीव तथा हिलिङ मेडिको हेल्थकियर प्रा लि का सन्चालक अरुण प्रसाद अधिकारीले काठ खबरलाई जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update