Kath khabar
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने



                काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजन अघि सारेको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गर्दै उक्त योजना अघि सारेको हो ।

आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ बराबरको मौद्रिक उपकरण जारी गर्नेछ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र लगायतका मौद्रिक उपकरण बिक्री गरेर राष्ट्र बैंकले दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।  योजना

सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ । उक्त बजेटको श्रोत प्राप्तिको रुपमा राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ उठाइनेछ भने बाँकी रकम वैदेशिक एवं आन्तरिक ऋणबाट उठाइने यसअघि नै सरकारले घोषणा गरिसकेको छ ।

सोही घोषणा बमोजिम राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारको लागि दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update