Kath khabar
पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत निर्वाचित

 

               काठमाडौं, साउन ३१ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्य सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द चयन भएका छन् ।

पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योति गुरुङ सदस्यमा निर्वाचित भएका छन् ।

खेलाडी जीवनबाट सन्यास लिएपछि पारस क्यानको नेतृत्वमा जाने योजनासहित लागेका छन् । उनी काठमाडौंको प्रतिनिधि बनेर बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन्।

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update