Kath khabar
मेस्सी आवद्ध मियामीले जित्यो लिग्स कपको उपाधि

 

           काठमाडौं, भदौ ३ । विश्वकप विजेता लियोनल मेस्सी आवद्ध इन्टर मियामीले लिग्स कपको उपाधि हात पारेको छ । मेस्सीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको हो ।

शनिबार रातिको पल्सेटिंग लिग्स कप २०२३ को फाइनलमा पेनाल्टी किकमा न्यासभिल एससीलाई १०–९ ले हराउँदै इन्टर मियामी च्याम्पियन बनेको हो । फाइनल खेलको निर्धारित समयमा १-१ को बराबरीमा गोल हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

खेलको २३ औं मिनेटमा मेस्सीले आकर्षक गोल गर्दै मायामीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७औँ मिनेटमा न्यासभिलले बराबरी गोल फर्कायो । कर्नर हानिएको बललाई फाफा पिकाउले हेडरमार्फत गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो ।

यो जितसँगै मेस्सी लिग्स कपको सर्वाधिक गोलकर्ता र लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका छन् । लगातार सात खेलमा मेस्सी १० गोलसहित सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् । सन् २०२० मा स्थापित इन्टर मायमीको यो क्लब इतिहासकै पहिलो उपाधि हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update