Kath khabar
महिला टि-२० आई सिरिज : नेपालले आज कुवेतसँग खेल्दै

 

                     काठमाडौं, भदौ ६ । चार देश सम्मिलित महिला टि-२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेल जिते फाइनलमा जाने सम्भावना रहेको छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । पहिलो खेलमा हङकङलाई हराउन स्पिनर सीता रानामगरले पाँच विकेट लिएकी थिइन् । यता, कुवेत भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।

चार देश सम्मिलित सिरिजमा कुवेत, हङकङ, मलेसिया र नेपाल छन् । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले शनिबार फाइनल खेल्नेछ ।

नेपालको टोली
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update