Kathkhabar
नेप्सेमा पाँच अंकले सुधार, एक अर्ब रुपैयाँभन्दा कमको शेयर कारोबार


                 काठमाडौं, भदौ ११ । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने पाँच दशमलव शून्य नौं अंकले बढेर एक हजार नौं सय ९८ दशमलव ४८ पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ४५ अंकले बढेर तीन सय ८३ दशमलव ५६ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ७९ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ९९ पटकको कारोबारमा ३६ लाख ७० हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ रुपैयाँको शेयर कारोबार भएको छ ।  नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, सामूहिक लगानी कोष ट्रेडिङ सहितका नौं वटा समुहहरूको सूचक बढेका छन् भने जलविद्युत, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका चार वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुथेली बुखरी स्मल हाइड्रो पावर कम्पनी, लक्ष्मी सनराइज बैंक आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड, अपर स्याङगे हाईड्रोपावर लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लक्ष्मी सनराइज बैंक, कुथेली बुखरी स्मल हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update