काठमाडौं, भदौ १२ । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पाँच दशमलव शून्य पाँच अंकले घटेर एक हजार नौं सय ९३ दशमलव ४२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव ७१ अंकले घटेर तीन सय ८२ दशमलव ८५ अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ७८ वटा कम्पनीहरूको २९ हजार छ सय ४० पटकको कारोबारमा ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल ८६ करोड ५१ लाख २० हजार चार सय ५२ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका नौं वटा समुहहरूको सूचक घटेका छन् भने निर्जीवन बीमा, लगानी, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका चार वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी, मायाखोला हाइड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रो पावर लिमिटेड, माईखोला हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड आदि परेका छन् ।