Kath khabar
सामान्य अंकले घट्यो नेप्से



              काठमाडौं, भदौ १३ ।  नेप्से सामान्य अंकले घटेको छ । आज बुधबार नेप्से दुई दशमलव ८२ अंकले घटेर एक हजार नौं सय ९० दशमलव ५९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव १३ अंकले घटेर तीन सय ८१ दशमलव ७१ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ३२ हजार दुई सय ९८ पटकको कारोबारमा ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार रकम एक अर्ब १३ करोड आठ हजार ४१ रुपैयाँ १५ पैसा कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका ११ वटा समुहहरुको सूचक घटेका छन् भने होटल तथा पर्यटन ट्रेडिङ समुहको सुचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिटी होटल लिमिटेड, सनराइज म्युचुअल फण्ड, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ इक्विटी फण्ड, दोल्ती हाइड्रो पावर कम्पनी, सिक्लेस हाइड्रो पावर कम्पनी आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने माछापुच्छ्रे बैंक, युनिलिभर नेपाल लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update