Kath khabar
आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित

 

                     काठमाडौं, भदौ १५ । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ । नेपालको सानदार बलिङ प्रदर्शनमा लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।

मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । बहराइनले जितको लागि दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

बहराइनकी कप्तान दीपिकाले २० सर्वाधिक ११ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । जसमा बहराइनका ६ खेलाडी खाता नखोलि शून्य रनमा आउट भए । अब नेपालले अर्को खेल आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update