Kath khabar
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

 

                  काठमाडौं, भदौ १६ । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।  

शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रतिद्धन्द्धी उमेश पियालाई हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । उनले २३ मत पाउँदा पियाले १४ मत पाए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन् । उनीहरु तीनैजना पारसको प्यानलबाट उठेका थिए ।

सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन् । यस्तै अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्य निर्वाचित भए । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update