Kath khabar
महिला टी–२० विश्वकप : नेपालले भुटानलाई तीन विकेटले हरायो

 

                   काठमाडौं, भदौ १७ । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ।

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । योसँगै नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पूजा महतोले ३, कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एकरएक विकेट लिए ।

नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ। अब अर्को खेल नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update