Kath khabar
भारतसँग नेपाल १० विकेटले पराजित

 

                     पालेकेले, भदौ १९ । एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ ।

समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेल वर्षाका कारण डिएल मेथड अनुसार २३ ओभरमा झरेको थियो ।

जितसँगै भारत सुपर चारमा प्रवेश गरेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए।  उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए। सोमपाल कामीले तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

भारतको जितमा ओपनरद्वय कप्तान रोहित शर्मा र शुबमन गिलले सानदार अर्धशतकीय इनिङ्स खेले । समूह ए मा भारत २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update