Kath khabar
छ अंकले घट्यो नेप्से, दुईवटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए



                     काठमाडौं, भदौ १९ । नेप्से पुन: घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज मंगलबार छ दशमलव ४५ अंकले घटेर १९ सय ६१ दशमलव ३७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव ४७ अंकले घटेर तीन सय ७७ दशमलव २४ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज दुई सय ७७ वटा कम्पनीहरूको २५ हजार दुई सय ७७ पटकको कारोबारमा २४ लाख ८० हजार नौं सय २९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ७९ करोड ६८ लाख ७० हजार चार सय आठ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये उत्पादनमूलक ट्रेडिङ समुहको सूचक बढेर वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन,  लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका ११ वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, थ्रि स्टार हाइड्रोपावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन आदिको शेयर मूल्य बढेका छन् भने आरबिबि म्युचुअल फण्ड २, लिबर्टी इनर्जी कम्पनी, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update