Kath khabar
झण्डै २९ अंकले घट्यो नेप्से, सबै सूचक रातै



                      काठमाडौं, भदौ २१ । नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम दिन आज बिहीबार नेप्से २८ दशमलव २९ अंकले घटेर १९ सय ३२ दशमलव ४५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ६५ अंकले घटेर तीन सय ७१ दशमलव ५८ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ३२ हजार एक सय ३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १५ करोड नौं लाख २० हजार छ सय सात रुपैयाँ ६० पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर किनबेच भएकोमा वाणिज्य बैंक, बिकाम बैक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरुले मध्ये आज शुभम् पावर लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने बाराही हाइड्रो पावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लिबर्टी इनर्जी कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update