Kath khabar
आइसिसी महिला टि-२० : थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

 

                  काठमाडौं, भदौ २२। आइसिसी महिला टि-२० मलेसियामा जारी सेमिफाइनलको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित भएको छ । थाइल्यान्डसँग पराजित भएसँगै विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल बाहिरिएको छ । 

१०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए । अन्य खेलाडी दोहोरो अंकमा रन जोड्न सकेनन्।

थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटमात्र गुमाएर एक सय ५ रन जोडेको थियो । थाइल्याण्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिइन्। उनले ६३ बलमा चार चौका प्रहार गरिन्। त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए।

खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए । नेपाली बलरमध्ये कविता कुँवर र पूजा महतोले एक/एक विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update