Kath khabar
नेप्सेमा हरियाली, जलविद्युत बाहेक सबै समुहको सूचक हरियो



                  काठमाडौं, भदौ २४ । नेप्से बढेर हरियो भएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से १० दशमलव २३ अंकले बढेर १९ सय ४२ दशमलव २६ अंकमा कायम रहेको छ । सेन्सिटिभ दुई दशमलव ३२ अंकले बढेर तीन सय ७३ दशमलव ९० अंकमा कायम रहेको छ ।

नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार  भएकोमा जलविद्युत समुहको सूचक घटेपनि वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरुको सूचक उच्च अंकले बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, जोशी हाईड्रो पावर कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी, सयपत्री हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी, सोल्टी होटल लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update