Kath khabar
एकैदिन ४४ अंकले बढ्यो नेप्से, सबै सुचक हरियो



                काठमाडौं, भदौ २५ । नेप्से उच्च अंकले बढेको छ । आज सोमबार नेप्से ४४ दशमलव ३० अंकले बढेर १९ सय ८६ दशमलव ९९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि सात दशमलव ७३ अंकले बढेर तीन सय ८१ दशमलव ६४ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ७८ वटा कम्पनीहरुको ३७ हजार सात सय ९९ पटकको कारोबारमा ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज थ्रि स्टार हाईड्रोपावर कम्पनी, मेन्छियाम हाईड्रोपावर कम्पनी लिमिटेड, मुलुङ हाईड्रोपावर कम्पनी लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने सिद्धार्थ लगानी बृद्धि योजना २, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड, एभरेष्ट बैंक, माछापुच्छे« बैंक, नबिल बैंक आदि परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update