Kath khabar
१९ अंकले घट्यो नेप्से, सबै सूचकहरु रातै



                 काठमाडौ, भदौ २६ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार १९ दशमलव ४२ अंकले घटेर १९ सय ६७ दशमलव ५७ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ५० अंकले घटेर तीन सय ७९ दशमलव १४ अंकमा सिमित भएको छ ।

नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको २६ हजार तीन सय दुई पटकको कारोबारमा ३९ लाख १६ हजार एक सय ६१ कित्ता खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ दशमलव ५१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक घटेर रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामलिङ पावर कम्पनी, प्रभु सेलेक्ट फण्ड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा थ्रि स्टार हाईड्रो पावर कम्पनी, मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनी आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, शिवम सिमेन्ट आदि परेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update