Kath khabar
३९ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो



                काठमाडौं, भदौ २७ ।  नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव शून्य छ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव ६६ अंकले बढेर तीन सय ८६ दशमलव ८१ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ३६ हजार ४५ पटकको कारोबारमा ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौं सय पाँच रुपैयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बरुण हाइड्रोपावर लिमिटेड दिव्येश्वरी हाइड्रोपावर लिमिटेड, बिपी डब्लु लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने थ्रि स्टार हाइड्रो पावर कम्पनी, दोल्ती हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update