Kath khabar
एकै दिन ४४ अंकले बढ्यो नेप्से


                  काठमाडौं, असोज ४ । नेप्सेमा हरियाली छाएको छ । आज बिहीबार नेप्से ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि सात दशमलव ५५ अंकले बढेर तीन सय ८८ दशमलव ७२ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा एक लाख १९ हजार तीन सय ५९ पटकको कारोबारमा एक करोड १२ लाख ६४ हजार तीन सय नौं कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेशनल हाईड्रो पावर कम्पनी, दिव्येश्वरी हाइड्रो पावर कम्पनी, बलेफी हाइड्रो पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईबिएल प्रगति फण्ड, शुभम् पावर लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update