Kath khabar
नेप्सेमा उच्च गिरावट, लघुवित्त बाहेक सबै सूचक रातै



                 काठमाडौं, असोज ७ । नेप्से उच्च अंकले घटेको छ । आज आइतबार नेप्से १९ दशमलव ४२ अंकले घटेर दुई हजार १० दशमलव ३५ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव १० अंकले घटेर तीन सय ८५ दशमलव ६२ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ८१ हजार १० पटक शेयर कारोबार भएको छ । जसबाट ९० लाख तीन हजार नौं सय ४१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये लघुवित्त समुहको सूचक सामान्य अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक घटेका छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज स्वरोजगार लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने शुभम् पावर लिमिटेड, थ्रि स्टार हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी रकम बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् ।

 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update