Kath khabar
नेप्सेमा पाँच अंकले गिरावट


             काठमाडौं, असोज ८ । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि पाँच दशमलव ८९ अंकले घटेर दुई हजार चार दशमलव ४५ अंंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ९४ अंकले घटेर तीन सय ८३ दशमलव ६७ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरूको ७८ हजार चार सय २१ पटकको कारोबारमा ६५ लाख १६ हजार छ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जलविद्युत र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज स्थानमा माईखोला हाइड्रो पावर कम्पनी, एशियन भ्याली हाइड्रो पावर कम्पनी, इष्टर्न हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने शुभम् पावर लिमिटेड, थ्रि स्टार हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रो पावर लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update