Kath khabar
१८ अंकले बढ्यो नेप्से, होटल तथा पर्यटन बाहेक सबै समुहको सूचक हरियो



                  काठमाडौं, असोज ९ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार १८ दशमलव ४५ अंकले बढेर दुई हजार २२ दशमलव ९१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ५६ अंकले बढेर तीन सय ८६ दशमलव २४ अंकमा पुग्न सफल भएको छ ।  

नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ७८ हजार छ सय १६ पटकको कारोबारमा ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल दुई अर्ब नौ करोड ३८ लाख नौ हजार पाँच सय १८ रुपैयाँको शेयर किनबेच भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मेन्छियाम हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रो पावर लिमिटेड, खानीखोला हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था, थ्रि स्टार हाइड्रो पावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, थ्रि स्टार हाईड्रो पावर कम्पनी, नागरिक लगानी कोष आदि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update