Kath khabar
नेप्सेमा भीषण पहिरो, सबै सूचक घटेर रातै


                      काठमाडौं, असोज १४ । नेप्सेमा भीषण पहिरो गएको छ । आज आइतबार नेप्से ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ८२ हजार आठ सय पटकको कारोबारमा ६७ लाख २३ हजार चार सय कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सयपत्री हाइड्रो पावर लिमिटेड, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सनराइज म्युचुअल फण्ड, एशियन हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update