Kath khabar
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै



                 काठमाडौं, असोज १५ । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पाँच दशमलव १९ अंकले बढेर १९ सय ७६ दशमलव २९ अंकमा पुग्न सफल भएको छ ।

सेन्सिटिभ इन्डेक्स पनि आज शून्य दशमलव ६६ अंकले बढेर तीन सय ७८ दशमलव शून्य छ अंकमा पुग्न सफल भएको छ ।  नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ८५ हजार पाँच सय ९१ पटकको कारोबारमा ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये होटल तथा पर्यटन र उत्पादनमूलक समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संंस्था, इक्विटी फण्ड, सयपत्री हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स हाइड्रोपावर लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, पिपुल्स हाइड्रोपावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक,  सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी सोल्टी होटल आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update