Kath khabar
नेप्सेमा नौं अंकले सुधार, वाणिज्य बैंक समुह बाहेक सबै सूचक बढ्यो


             काठमाडौं, असोज १७ । नेप्सेमा नौं अंकले सुधार आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज बुधबार नौं दशमलव २४ अंकले बढेर १९ सय ६७ दशमलव ९७ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ५१ अंकले बढेर तीन सय ७४ दशमलव ९० अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ५८ हजार सात सय ४१ पटकको कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक समुहको सूचक घटेको छ भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेड, हिमालय पावर पार्टनर लिमिटेड, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update