Kath khabar
नेप्सेमा दोहोरो अंकले गिरावट, सबै सूचक रातै


                      काठमाडौं, असोज १८ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज ११ दशमलव शून्य चार अंकले घटेर १९ सय ५६ दशमलव ९२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५३ अंकले घटेर तीन सय ७३ दशमलव ३७ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ८० वटा कम्पनीहरुको ५० हजार ६९ पटकको कारोबारमा ३५ लाख ६२ हजार छ सय २४ कित्ता शेयर खरिद बिक्री भएका छन । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब १० करोड ६५ लाख १९ हजार चार सय १८ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामूहिक लगानी कोष समुहको सूचक बढेर वाणिज्य बैक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बाराही हाइड्रोपावर कम्पनी, इष्टर्न हाइड्रो पावर कम्पनी, रावा इनर्जी डेभलपमेन्ट कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, मध्ये भोटेकोशी जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक आदिको भने बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update