Kath khabar
एकैदिन २० अंकले घट्यो नेप्से, सबै सूचक रातै



              काठमाडौं, असोज २५ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेको छ । नेप्से आज २० दशमलव १६ अंकले घटेर १८ सय ७४ दशमलव ६० अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ दुई दशमलव ९५ अंकले घटेर तीन सय ५९ दशमलव १३ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ९२ वटा कम्पनीहरुको ६२ हजार ४६ पटकको कारोबारमा ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज भगवती हाइड्रोपावर कम्पनी, मिड सोलु हाइड्रोपावर लिमिटेड आदिको सेयर मूल्य बढेका छन् भने सिटी होटल लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रो पावर कम्पनी लिमिटेड आदिको सेयर मूल्य घटेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update