Kath khabar
२३ अंकले घट्यो नेप्से, सबै सूचक रातै


                 काठमाडौं, असोज २९ । नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से २३ दशमलव १६ अंकले घटेर १८ सय ५१ दशमलव ४३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ तीन दशमलव ३८ अंकले घटेर तीन सय ५५ दशमलव ७४ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ६९ हजार आठ सय ३२ पटकको कारोबारमा ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन,  लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, अरुण खोला जलविद्युत कम्पनी, बाराही हाईड्रो पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सयपत्री हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आदि परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update