Kath khabar
१३ अंकले बढ्यो नेप्से, १० वटा समुहले कमाउँदा तीन वटा समुहले गुमाए



                   काठमाडौं, असोज ३० । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार १३ दशमलव १८ अंकले बढेर १८ सय ६४ दशमलव ६२ अंकमा चढेको छ ।

आज सेन्सिटिभ तीन दशमलव शून्य आठ अंकले बढेर तीन सय ५८ दशमलव ८३ अंकमा चढेको छ । दुई सय ८९ वटा कम्पनीहरुको ४५ हजार चार सय ५६ पटकको कारोबारमा ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन र ट्रेडिङ समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहहरुको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनआईबिएल प्रगति फण्ड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, गुडविल फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने हाथ्वे इन्भेष्टमेन्ट कम्पनी, सयपत्री हाइड्रोपावर लिमिटेड, सुपरमाई हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन । हाथ्वे इन्भेष्टमेन्ट कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update