Kath khabar
४३ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो



                     काठमाडौं, कात्तिक १ । नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ४३ दशमलव २७ अंकले बढेर १९ सय सात दशमलव ८९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि आठ दशमलव १४ अंकले बढेर तीन सय ६६ दशमलव ९७ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरुको ३१ हजार सात सय ८८ पटकको कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आशा लघुवित्त वित्तीय संस्था, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बिपीडब्लु लघुवित्त वित्तीय संस्था, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी, सिटी होटल लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update