Kath khabar
नेप्सेमा चार अंकले गिरावट



                    काठमाडौं, कात्तिक २ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार चार दशमलव शून्य पाँच अंकले घटेर १९ सय तीन दशमलव ८४ अंकमा सीमित भएको छ । सेन्सिटिभ भने आज शून्य दशमलव १३ अंकले बढेर तीन सय ६७ दशमलव ११ चढेको छ ।

नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको २५ हजार पाँच सय २० पटकको कारोबारमा ३७ लाख ६६ हजार एक सय ५३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९७ करोड छ लाख १२ हजार आठ सय ९२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, लगानी, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिटिजन्स म्युचुअल फण्ड २, सिद्धार्थ इक्विटी फण्ड, सुपरमाई हाइड्रोपावर लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । नबिल बैंकको संस्थापक शेयर, प्रभु बैंकको संस्थापक शेयर आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update