Kath khabar
२८ अंकले घट्यो नेप्से, सबै सूचकहरू रातै


                  काठमाडौं, कात्तिक १२ । नेप्से उच्च अंकले घटेको छ । दशैँको बिदापछि आज आइतबार खुलेको नेप्से पहिलो दिन नैं  २८ दशमलव १८ अंकले घटेर १८ सय ७५ दशमलव ६५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव १६ अंकले घटेर तीन सय ६१ दशमलव ९४ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ८३ वटा कम्पनीहरुको ३४ हजार ९० पटकको कारोबारमा २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी लिमिटेड, घलेम्दी हाइड्रोपावर लिमिटेड, सिद्धार्थ लगानी वृद्धि योजना २ आदिको शेयर मूल्य बढेका छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने नेशनल  हाइड्रो पावर कम्पनी, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update