Kath khabar
नेप्सेमा तीन अंकले सुधार, १० वटा समुहले कमाउँदा तीन वटा समुहले गुमाए


                   काठमाडौं, कात्तिक १३ । नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार तीन दशमलव शून्य चार अंकले बढेर १८ सय ७८ दशमलव ७० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव १८ अंकले बढेर तीन सय ६३ दशमलव १३ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ८७ वटा कम्पनीहरुको ३० हजार दुई सय ३७ पटकको कारोबारमा २८ लाख २४ हजार सात कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ रुपैयाँ ३७ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये तीन वटा समुहले गुमाएका छन भने बाँकी १० वटा समुहले कमाएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सूचक बढेका छन् भने होटल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहका सूचकहरू घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड, छ्याङदी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, नबिल बैंक, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।   

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update