Kath khabar
नेप्सेमा सामान्य गिरावट, पाँच अंकले घट्दा ८१ करोड २० लाखको शेयर किनबेच



                         काठमाडौं, कात्तिक १५ । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पनि पाँच दशमलव ८३ अंकले घटेर १८ सय ५८ दशमलव ५६ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ८३ अंकले घटेर तीन सय ५९ दशमलव ९५ अंकमा सीमित भएको छ । नेप्सेमा आज  दुई सय ९६ वटा कम्पनीहरुको ७७ हजार आठ सय ७० पटकको कारोबारमा ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये लगानी समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेर रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सयपत्री हाइड्रो पावर कम्पनी, अपर लोहोरे खोला हाइड्रो पावर कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । सोनापुर मिनरल्स एण्ड आयल सप्लायर्स, सिटी होटल लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update