Kath khabar
राष्ट्र बैंकले १९ गते देखि तिहारलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

 

                  काठमाडौं, कात्तिक १५ ।  तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।

यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०र१० ग्रामका सिक्का हुनेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update