Kath khabar
नेप्सेमा १० अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै



                      काठमाडौं, कात्तिक १६ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेको छ । नेप्से आज १० दशमलव ८६ अंकले घटेर १८ सय ४७ दशमलव ७० अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ५७ दशमलव ७६ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८१ वटा कम्पनीहरुको ४५ हजार सात सय ७३ पटकको कारोबारमा ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये होटल तथा पर्यटन र उत्पादनमूलक समुहको सूचक भने बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएको कुल कम्पनीहरु मध्ये आज चन्द्रागिरी हिल्स लिमिटेड, एनआईबिएल प्रगति फण्ड, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सयपत्री हाईड्रो पावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, प्राइम कर्मसियल बैंकको संस्थापक शेयर, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update