Kath khabar
२१ अंकले घट्यो नेप्से, सबै सूचक रातै


                      काठमाडौं, कात्तिक १९ । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से उच्च अंकले घटेर रातै भएको छ । नेप्से आज  २१ दशमलव ४६ अंकले घटेर १८ सय २६ दशमलव २३ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ३६ अंकले घटेर तीन सय ५२ दशमलव ३९ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरूको ३९ हजार तीन सय २२ पटकको कारोबारमा ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत,, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक घटेर रातै भएका छन् ।

नेप्सेमा आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी, एनएमबी बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन लघुवित्त वित्तीय संस्था, हिमालयन हाइड्रोपावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नबिल बैंकको संस्थापक शेयर, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update