काठमाडौं, कात्तिक २० । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार २१ दशमलव ३० अंकले बढेर १८ सय ४७ दशमलव ५४ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ३३ अंकले बढेर तीन सय ५५ दशमलव ७३ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ८३ वटा कम्पनीहरुको ४७ हजार दुई सय ३१ पटकको कारोबारमा ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९३ करोड ८९ लाख २९ हजार ४० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य, र ट्रेडिङ सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, मायाँखोला हाइड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी आज सोल्टी होटल लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सोल्टी होटल लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् ।

