Kath khabar
११ अंकले बढ्यो नेप्से, निर्जीवन बीमा बाहेक सबै सूचक हरियो


                       काठमाडौं, कात्तिक २१ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार ११ दशमलव २२ अंकले बढेर १८ सय ५८ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ४६ अंंकले बढेर तीन सय ५८ दशमलव १९ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ४० हजार छ सय पटकको कारोबारमा ४३ लाख ३१ हजार दुई सय २९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९९ करोड ६५ लाख ८६ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा निर्जीवन बीमा समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने हिमालयन लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update