Kath khabar
नेप्सेमा पाँच अंकले सुधार, आठवटा समुहले कमाउँदा चार वटाले गुमाए


               काठमाडौं, कात्तिक २२ । नेप्से आज पनि सुधार आएको छ । नेप्से आज बुधबार पाँच दशमलव १७ अंकले बढेर १८ सय ६३ दशमलव ९४ अंकमा कायम भएको छ ।

यसैगरी सेन्सिटिभ शून्य दशमलव २१ अंकले बढेर तीन सय ५८ दशमलव ४० अंकमा कायम भएको छ । नेप्सेमा आज दुई सय ८८ वटा कम्पनीहरुको ३० हजार तीन सय ६४ पटकको कारोबारमा ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, फाइनान्स, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् भने विकास बैंक, निर्जीवन बीमा होटल तथा पर्यटन र लगानी समुहको सूचक पनि घटेका छन् । सामूहिक लगानी कोष समुहको सूचक भने आज स्थिर रहेको छ ।

नेप्सेमा आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, एनआईसी एशिया ग्रोथ फण्ड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड, आदि परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update